पर्यटक बसपार्क निर्माणका लागि उपप्रधानमन्त्रीसमक्ष आग्रह
barnanmedia.com · Fri Aug 02 23:39:56 UTC 2024

काठमाडौँ, १९ साउन : टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)ले काठमाडौँभित्र पर्यटक बसपार्कका लागि आग्रह गरेको छ । टिवानका अध्यक्ष कृष्ण आचार्य नेतृत्वको टोलीले आज उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेट गरी काठमाडौँभित्र पर्यटक बसपार्क निर्माणका लागि पहल गरिदिन आग्रह गरेको हो ।
अध्यक्ष आचार्यले लामो समयदेखि सोह्रखुट्टे सडकबाट पर्यटकलाई ओसारपसार गर्न बाध्य भएकाले पर्यटक बसपार्कका लागि सहरी विकास मन्त्रालयमार्फत पहल गरिदिन उपप्रधानमन्त्रीसमक्ष आग्रह गरिएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)