मन्त्री चौधरीद्वारा वाटर एटिएम उद्घाटन
ratopati.com
खानेपानीमन्त्री उमाकान्त चौधरीले भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटिएम’को उद्घाटन गरेका छन्। काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले रु १० लाखको लागतमा अस्पताल परिसरमा जडान गरेको वाटर एटिएमको उद्घाटन गर्दै उनले अब सबै नेपालीले शुद्ध र स्वच्छ पानी सहजरूपमा पिउन पाउने बताए ।
नेपाल जलस्रोतको धनी देश भएकाले हरेक नेपाली नागरिकलाई शुद्ध र स्वच्छ खानेपानीको वितरण गर्ने व्यवस्था गर्ने कार्ययोजना सरकारले अगाडि सारेको उनले बताए । बिरामी र बिरामीका कुरुवा रहने अस्पतालमा जडान भएको वाटर एटिएमले शुद्ध खानेपानी उपलब्ध गराउन सहज भएको भन्दै उनले अस्पताल तथा स्वास्थ्य संस्था, सार्वजनिकस्थल, भीडभाड हुने ठाउँ, पार्क तथा उद्यानजस्ता ठाउँमा यस्ता वाटर एटिम जडान गर्ने अभियान चलाउने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)