मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नाइजेरियामा विरोध प्रदर्शनमा कम्तीमा १३ जनाको मृत्यु

barnanmedia.com · Fri Aug 02 23:45:11 UTC 2024

काठमाडौँ, १९ साउन : नाइजेरियामा बिहीबार आर्थिक कठिनाइको विरोध प्रदर्शनका क्रममा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकार समूह एम्नेस्टी इन्टरनेसनलले बताएको छ । एम्नेस्टीले सुरक्षा बलहरूमाथि शान्तिपूर्ण प्रदर्शनकारीहरूको हत्या गरेको आरोप लगाएको छ ।

सरकारी नीति र जीवनयापनको उच्च लागतविरुद्ध प्रदर्शन गर्न नाइजेरियाभरका सहरहरूमा हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएको एक दिनपछि मृत्यु हुनेको सङ्ख्यामा विरोधासपूर्ण विवरण आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)