काभामा नेपाल र भारत भिड्दै
ekantipur.com · Fri Aug 02 23:53:14 UTC 2024
काठमाडौँ — नेपाल र भारत सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा शनिबार आमनेसामने हुँदै छन् । नेपालको यो दोस्रो खेल हो भने बिहीबार सुरु प्रतियोगितामा भारत लगातार तेस्रो दिन कोर्टमा उत्रने छ ।
भारतले शुक्रबार माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरी नेपालसँगको खेललाई तयारी पूरा गरेको थियो । भारतले माल्दिभ्सको चुनौती सजिलै पन्छाउने क्रममा २५–६, २५–११, २५–१० को नतिजा निकालेको थियो । भारतले पहिलो दिन इरानमाथि २५–२०, २५–१८, १९–२५, २५–११ ले सेट जितेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)