भीरमा खसेर युवकको मृत्यु, पाँच जना पक्राउ
annapurnapost.com · Wed Mar 08 16:20:26 GMT 2023
नुवाकोट : नुवाकोटको शिवपुरी गाउँपालिका-७ थानापति नजिकैको थरथरे भीरबाट खसेर एक जनाको युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवपुरी- ८ का २३ वर्षीय मनोज तामाङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार घटनाको अनुसन्धानका लागि दुई युवतीसहित पाँच जना उनका साथीलाई पक्राउ गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)