मन्त्रिपरिषद्का निर्णय सरुवादेखि विभिन्न नियुक्तिसम्म
bishowkhabar.com · Thu Jul 02 11:05:10 GMT 2026

काठमाडौं- मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठकले राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरको सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो उपयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता अनुमोदनका लागि संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ । साथै, विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धर्मराज खड्का, गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावल तथा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)