बक्सिङले निम्त्याएको विवाद र बहस
ekantipur.com · Fri Aug 02 23:58:46 UTC 2024
पेरिस — पेरिस ओलम्पिकमा बक्सिङतर्फ त्यस्तो विवाद उत्पन्न भएको छ, जुन आफैंमा निकै सुल्झाउन गाह्रो देखिन्छ । लैंगिक योग्यता परीक्षणमा असफल रहेकी अल्जेरियाली महिला बक्सरसामु उनका इटालियन प्रतिद्वन्द्वी ४६ सेकेन्ड पनि टिक्न सकिनन् । ओलम्पिक पदाधिकारीहरूले पूरा घटनाक्रमलाई जटिल मानेका छन् । के हो त पूरा घटनाक्रम ? त्यसबारे पूरा विवरण यस्तो छ ।
अल्जेरियाली २५ वर्षीया बक्सर इमानी खलिफ महिला ६६ केजी तौल समूहमा भिड्दै थिइन् अनि ताइवानकी २८ वर्षीया लिन यू–टिङ ५७ केजीमा आफ्नो चुनौती पेस गरिरहेकी थिइन् । विवाद त्यतिबेला सुरु भयो, जतिबेला इमानीले इटालीकी एन्जेला कारिनीविरुद्धको भिडन्त ४६ सेकेन्डमै जितिन् । इमानीका दुई शक्तिशाली प्रहार कारिनीको नाकमा लागेको थियो । कारिनी त्यसक्रममा धेरै नै रगत बग्न सुरु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)