स्मार्ट विद्युत् मिटर जडानलाई तीव्र बनाउँदै प्राधिकरण
ratopati.com · Thu Oct 19 22:43:00 GMT 2023
नारायणगढ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले थ्री फेज मिटर जडान गरिएका ग्राहकको स्मार्ट विद्युत् मिटर बक्स जडानको कामलाई तीव्र बनाएको छ । विद्युत् चुहावट नियन्त्रण गर्ने र प्राधिकरणलाई अनलाइन प्रणालीमा ल्याउने उद्देश्यका साथ मिटरबक्स परिवर्तन गरिएको हो ।
केन्द्रका इन्जिनियर रुद्रराज विष्टका अनुसार स्मार्ट ग्रीड एण्ड मिटरिङ आयोजनाले थ्री फेज लाइन जडान भएका स्थानमा स्मार्ट मिटरबक्स जडानको काम गरेको हो । यस वर्ष पाँच सयवटा मिटर परिवर्तन गरिसकिएको छ । योसँगै दुई हजार एक सयवटा स्मार्ट मिटरबक्स जडान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)