मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

मेटा–रिलायन्स एआई डाटा सेन्टर सम्झौता

kendrabindu.com · Thu Jun 11 01:24:52 GMT 2026

काठमाडौं । विश्वव्यापी रूपमा कृत्रिम बौद्धिकता (एआई) पूर्वाधार विस्तार गर्ने प्रतिस्पर्धा तीव्र भइरहेका बेला फेसबुकको मातृ कम्पनी मेटाले भारतमा पहिलो एआई–सक्षम डाटा सेन्टर निर्माणका लागि रिलायन्स इन्डस्ट्रिजसँग साझेदारी गरेको छ । यो परियोजना भारतको गुजरात राज्यस्थित जामनगर जिल्लामा निर्माण गरिनेछ ।

दुवै कम्पनीले बुधबार संयुक्त रूपमा घोषणा गर्दै उक्त डाटा सेन्टरले जेनेरेटिभ एआई सेवाहरूलाई समर्थन गर्न आवश्यक उच्च क्षमताको कम्प्युटिङ पूर्वाधार उपलब्ध गराउने बताएका छन् । विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको ठूलो अर्थतन्त्रमध्ये एक भारतमा डिजिटल सेवा र एआई माग बढ्दै गएपछि यस्तो लगानी गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)

सम्बन्धित विषय