दसैं भित्रियो, चामल आएन
ekantipur.com · Wed Oct 13 00:41:54 GMT 2021
मुगु र रुकुम पश्चिम — धेरैका लागि ऋणै गरेर भए पनि मीठो मसिनो खाने चाड हो दशैं । तर, मुगु, हुम्ला र डोल्पाका खाद्य गोदामहरू रित्तिएपछि हिमाली जिल्लाका दुर्गम गाउँमा दसैंमै खाद्यान्न अभाव भएको छ । खाद्य व्यवस्था, व्यापार तथा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको चामल ढुवानी नगर्दा खाद्य गोदाम रित्तिएका हुन् ।
मुगुमा चालु आर्थिक वर्षका लागि खाद्यान्न कोटा भने साउनमै स्वीकृत भएको थियो । तर समयमै ढुवानी नगरिँदा ग्रामीण भेगका चारवटा खाद्य डिपो र दुई बिक्री केन्द्र दुई महिनाभन्दा बढी समयदेखि रित्तै छन् । गमगढीस्थित मुख्य खाद्य गोदाममा गत आर्थिक वर्षको करिब ४ सय क्विन्टल चामल मौज्दात छ । तर विशेष अवस्थाका लागि चाहिन सक्ने भन्दै सदरमुकामबाट पनि खाद्यान्न वितरण रोकिएको छ । अहिले श्रीकोट, पुलु, सोरुकोट, कालै र रातापानी खाद्य डिपोमा चामल रित्तिएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)