जापानमा विपक्षी दलको संयुक्त मोर्चा
barnanmedia.com · Thu Jan 15 21:35:00 GMT 2026

जापानका दुई प्रमुख विपक्षी दलले प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ गठबन्धनलाई चुनौती दिन संयुक्त चुनावी मोर्चा गठन गर्ने सहमति जनाएका छन् । सम्भावित आकस्मिक चुनावलाई लक्षित गर्दै उनीहरूले स्विङ मतदाताहरू आकर्षित गर्ने उद्देश्यका साथ नयाँ गठबन्धन बनाउने निर्णय गरेका हुन् ।
सबैभन्दा ठूलो विपक्षी दल जापानको कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी (सिडिपी) का नेता योशिहिको नोडाले बिहीबार पत्रकारहरूसँग भन्नुभयो, “हामी संयुक्त रूपमा चुनाव लड्न नयाँ पार्टी गठन गर्न सहमत भएका छौँ ।” उहाँका अनुसार विपक्षी शक्तिहरू एकीकृत भएर सत्तारूढ पक्षको सामना गर्ने तयारीमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)