काठमाडौंको गोकर्णेश्वरलाई बर्डफ्लू प्रभावित क्षेत्र घोषणा
rajdhanidaily.com · Sat Feb 19 01:18:42 GMT 2022
काठमाडौं । विशेषगरी कुखुरामा देखापर्ने बर्डफ्लू फैलनेक्रम बढेसँगै काठमाडौं उपत्यकाको एक स्थानलाई पनि सरकारले बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गरेको छ ।
सरकारले काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका–३ स्थित गोविन्द मगरले पंक्षी पालेको स्थानलाई बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गरेको हो । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले काठमाडौं उक्त क्षेत्रसँगै चितवन जिल्लाको राप्ती नगरपालिका–६ स्थित अनिता पशुपंक्षी कृषि फार्मलाई केन्द्र मानी ती स्थानको ’roundको सय मिटरसम्मको क्षेत्रमा पंक्षी नष्ट गर्ने कार्य समाप्त भएको मितिबाट ४२ दिनसम्मको अवधिसम्मका लागि बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गरी रोग नियन्त्रण गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)