मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विश्वासको मत नलिए कामचलाउ बजेट ल्याऊ

karobardaily.com · Wed May 19 00:15:00 GMT 2021

सरकारले छिटो प्रतिनिधिसभाको बैठक डाकेर विश्वासको मत नलिए पूर्ण बजेट ल्याउन नसक्ने भएको छ । बजेट ल्याउने कानुन मिचेर सरकारले बजेटको खिल्ली त उडाइसकेको छ, अब फेरि प्रतिनिधिसभामा विश्वासको मत नलिइकनै चुनाव लक्षित वितरणमुखी बजेट ल्याउन सरकारले फेरि दुस्साहास गर्ने देखिँदै छ । यसअघिका सरकारका सबै क्रियाकलाप हेर्दा सरकार कानुन तथा संविधान मान्न होइन, च्यात्न लागिपरेको स्पष्ट छ ।

विभिन्न बहानामा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई च्यात्दै जाने सरकारको मनसाय पटक–पटकका सरकारका क्रियाकलापमा देखिँदा पनि संविधानको रक्षक सर्वोच्च अदालत तथा प्रतिपक्षी राजनीतिक दल मौन बसेका कारण सरकारको हौसला बढ्दै गएको हो । २०४६ सालपछि पनि नेपालको शान्ति र स्थिरता देख्न नचाहने तत्वले बिस्तारै गैरसंवैधानिक क्रियाकलापलाई मलजल गर्दा मुलुकले एक दशक अनावश्यक द्वन्द्वमा बिताउनुप-यो । अनावश्यक यसकारण कि त्यसको उपलब्धि मानिएको संविधानसभा तथा त्यसबाट जारी भएको संघीय गणतन्त्र नेपालको संविधानमा लगातार प्रहार हुँदा सरकार, प्रतिपक्षी दल तथा अन्य राजनीतिक दलमा कुनै दुःख देखिएन । सरकारले एकपछि अर्को कानुन मिच्दै जाँदा सबै जना तैँ चुप मै चुप बसेका कारण आज हजारौं नागरिकको रगत तथा लामो समयको अनिश्चितता एवं अन्योलबाट नेपालीले मुक्ति पाएको दाबी गर्ने एउटा दस्ताबेजको अपहरण हुँदै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)