कर्णाली नदीमा गाडी खस्दा एक जनाको शव फेला, १४ जना सवार रहेको अनुमान
hamrakura.com · Thu Jul 02 00:00:00 GMT 2026
काठमाडौँ । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा दुर्घटनामा परेको यात्रुवाहक फोर्स गाडीमा १४ जना सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको गाडी आज बिहान सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो। दुर्घटनास्थलमा पहिचान नखुलेका एक जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्रवणकुमार विकले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)