राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल श्रेष्ठ नियुक्त
kendrabindu.com · Thu Jun 11 01:27:44 GMT 2026

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा नियुक्त भएका छन् । सरकारले श्रेष्ठलाई राखेपको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यससँगै राखेपमा चार जना नयाँ सदस्य पनि नियुक्त भएका छन् । सदस्यमा पूर्व नेपाली क्रिकेटर शक्ति गौचन, सिक्का सुवाल श्रेष्ठ, पवन शाही र मोनालिसा खम्बू नियुक्त भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ