दीपक भट्ट र सुलभ अग्रवालविरुद्ध आज मुद्दा दर्ताको सम्भावना
shilapatra.com · Thu Jun 11 01:29:41 GMT 2026

व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सम्पत्ति शुद्धीकरण तथा विभिन्न आर्थिक अपचलनको आरोपमा हिरासत छन् । उनीहरूविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । सीआईबीको अनुसन्धान अन्तिम चरणमा पुगेको बताइएको छ ।
सम्भवतः आज उनीहरूविरुद्ध मुद्दा दर्ता हुने सम्भावना छ । सरकारी वकिल कार्यालयले चारवटा मुद्दा दर्ताको तयारी गरेको बताइएको छ । विशेष अदालत र जिल्ला अदालतमा गरी फरक–फरक अदालतमा ती मुद्दा अघि बढाउने लागिएको स्रोतहरूले उल्लेख गरेका छन् । धितोपत्र कसुर तथा बैंकिङ कसुरसँग जोडिएको मुद्दा जिल्ला अदालतमा दर्ता गर्ने तयारी भएको छ । अर्को सम्पत्ति शुद्धीकरणसँग जोडिएको मुद्दा भने विशेष अदालतमा दर्ता गर्न खोजिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)