मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गण्डकीमा तीन दिनभित्र सरकार गठन आह्वान

rajdhanidaily.com · Tue Apr 25 23:45:54 GMT 2023

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले तीन दिनभित्र सरकार गठनका लागि आह्वान गरेका छन् । उनले नेपालको संविधानको धारा १६८(२) बमोजिम संसद्मा उपस्थित दुई वा दुईभन्दा बढी दलको सहमतिमा बहुमतको सरकार गठनका लागि मंगलबार आह्वान गरेका हुन् ।

एमाले नेतृत्वको खगराज अधिकारी ढलेको तीन दिनपछि मात्र संविधानको धारा १६८(२) वा (३) के बमोजिम सरकार गठनको आह्वान गर्ने भन्ने अन्योलबीच उपधारा (२) बमोजिम सरकार गठन आह्वान भएको हो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डिराज अर्यालले प्रदेश प्रमुखबाट बिहीबार दिउँसो ४ बजेसम्म सरकार गठन आह्वान भएको जनाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)