विभिन्न भेगमा हल्का वर्षा
gorkhapatraonline.com · Sun Feb 26 01:01:04 GMT 2023
काठमाडौँ, फागुन १४ गते । केही दिनयता देशका विभिन्न भेगमा हल्का वर्षा भएको छ । तीन दिनअघि सुदूरपश्चिम भेगबाट सुरु भएको बदलीसँगै देशका विभिन्न भूभागमा हल्का वर्षा भएको हो । लुम्बिनी र गण्डकी प्रदेश हुँदै हल्का वर्षाको क्रम बागमती प्रदेश र प्रदेश १ सम्म पुगेको छ ।
योसँगै हिउँदको याम मध्य र पूर्वी भेगमा वर्षा नभई जाने सम्भावना टरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्षको हिउँद जान अब एक दिन मात्र बाँकी छ । फागुन १५ गतेलाई हिउँद सकिने मिति मानिन्छ । मौसमविद् मञ्जु बासीका अनुसार दुई दिनअघि गण्डकको कास्की र पोखरामा हल्का वर्षा भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)