सबै वर्गलाई विकासको मूलधारमा ल्याउनुपर्छ
gorkhapatraonline.com · Sat Mar 11 00:39:56 GMT 2023
काठमाडौँ, फागुन २७ गते । राष्ट्रिय समावेशी आयोगले पिछडिएका, सीमान्तकृत, अपाङ्गता भएका, भौगोलिक तथा वर्गीय रूपमा पछाडि परेका सबै वर्गलाई विकासको मूलधारमा ल्याउने प्रयत्नमा जोड दिएको छ।
आयोगद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा शुक्रबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाले प्रविधिमा महिलाको पहुँच बढाउन प्रेरित गरिएको उल्लेख गर्दै विकासमा फड्को मारेको प्रविधिमैत्री सीप सिकेर सकारात्मक फाइदा लिन जान्नुपर्ने बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)