मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेको २० बुँदे संकल्प : सदाचारमा नमुना बन्ने

annapurnapost.com · Sat Jun 18 00:52:00 GMT 2022

काठमाडौं : नेकपा एमालेका निर्वाचित जनप्रतिनिधिको काठमाडौंमा भएको भेलाले ‘सदाचारमा नमुना बन्ने’ लगायतका २० बुँदे संकल्प प्रस्ताव जारी गरेको छ। बिहीबार र शुक्रबार भएको भेलाबाट जारी काठमाडौं संकल्पपत्र पारित गर्दै उनीहरूले परिवार, आफन्त र स्वार्थ जोडिएका व्यक्तिको पक्षपोषण नगर्ने बताएका छन्। संकल्पको मुख्य मर्म ‘शासक होइन, जनताका सेवक हुने’ भन्ने छ।

‘हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनका नमुना बन्नेछन्,’ संकल्प प्रस्तावमा भनिएको छ, ‘आफूले कुनै भ्रष्टाचार गर्ने छैनौं र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछौं।’ भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहनमा संलग्नहरूलाई कानुनी कार्बाहीको दायरामा पुर्‍याउन अग्रणी भूमिका खेल्ने पनि जनप्रतिनिधिको घोषणा छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)