अमेरिकासँग लगातारको जित प्रयास असफल
ekantipur.com · Sat Sep 18 00:51:45 GMT 2021
काठमाडौँ — नेपालको अमेरिकामाथि लगातार चौथो जित निकाल्ने सपना शुक्रबार पूरा हुन सकेन । नेपाल आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृंखलामा अमेरिकाको हातबाट ६ विकेटले पराजित रह्यो । अमेरिकालाई जित दिलाउन ब्याटबाट स्टेभन टेलरले प्रमुख भूमिका निभाए ।
प्रारम्भिक ब्याट्सम्यान रहेका टेलरले ६३ बलमा आक्रामक ९२ रन बनाएका थिए । उनले १२ चौका र तीन छक्का प्रहार गरे । उनले मोनान्क पटेलसँग मिलेर निर्णायक साबित ९७ रनको साझेदारी गरे । मोनान्क ३८ रन बनाएर नटआउट रहे । अर्का नटआउट ब्याट्सम्यान जशकरण मल्होत्राले ३६ रन बनाएर अमेरिका २९.३ ओभरमामा ४ विकेट गुमाएर आवश्यक रन बनाउन सफल रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)