बहसमा ‘अर्ली इलेक्सन’
annapurnapost.com · Mon Mar 07 06:36:00 GMT 2022
काठमाडौं : सत्ता गठबन्धनका नेतासमेत रहेका नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले संसद् विघटन गरेर ‘अर्ली इलेक्सन’ मा जानुपर्ने बताएका छन्। एमालेले संसद् चल्न नदिएका कारण वैशाखमा निर्धारित स्थानीय तहको निर्वाचनपछि सारेर भए पनि संसद्को चुनावमा जानुपर्ने उनको तर्क छ।
आइतबार संसद्बाट बाहिरिने क्रममा नेता नेपालले एमालेका कारण अर्ली चुनावमा जानुपर्ने बताए। ‘हाउस चल्न पनि नदिने, गतिविधि गर्न पनि नदिने,’ उनले आक्रोश पोख्दै भने, ‘संसदले केपी ओलीको बितन्डाको सामना गर्नुपर्ने कहिलेसम्म ? अब यसलाई भंग गरेर न संसद् रहन्छ न हंगामा गर्ने ठाउँ रहन्छ।’ उनले थपे, ‘स्थानीय चुनाव सारेर भए पनि अर्ली इलेक्सनमा गइयो भने आश्चर्य मान्नुपर्ने ठाउँ छैन।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)