एमाले रोल्पाको अध्यक्षमा अमृत बुढामगर विजयी
nepalpress.com · Wed Mar 13 17:07:57 GMT 2024
रुपन्देही । नेकपा एमाले रोल्पाको सातौं जिल्ला अधिवेशनबाट अमृत बुढामगर निर्वाचित भएका छन् । नयाँ नेतृत्व छनोटका लागि बुधबार भएको निर्वाचनबाट उनी निर्वाचित भएका हुन् । मंगलबार सुरू भएको सातौं अधिवेशनमा नयाँ नेतृत्वका लागि सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन भएको थियो ।
अध्यक्ष पदमा अमृत बुढामगर र घनश्याम आचार्यको उम्मेदवारी परेको थियो । अमृतले १९५ मत ल्याएका छन् भने घनश्यामले ११२ मत ल्याएका छन् । उपाध्यक्षमा विजयकुमार घर्तीमगर सर्वसम्मत भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)