खेलकुदमन्त्री पोखरेल भन्छन्- फिफासित संवाद भइरहेको छ, अब नयाँ एन्फा बन्छ
nepalpress.com · Thu Jul 02 11:27:12 GMT 2026
काठमाडौं । खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघलाई गरिएको निलम्बनबारे फिफासित कुराकानी भइरहेको बताएका छन् ।
आज मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेललाई सञ्चारकर्मीले एन्फा निलम्बनका विषयमा जिज्ञासा राखेका थिए । पोखरेलले अहिलेको सरकारले मात्र नभएर विगतमा पनि पटक-पटक राजनीतिक हस्तक्षेप भएकाले निलम्बनको अवस्था आएको बताए । अब राजनीतिक हस्तक्षेप बिनाको नयाँ एन्फा बन्ने उनले दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)