भैरहवा–कुवेत उडान गर्न जजिराको प्रस्ताव
ekantipur.com · Mon Mar 14 00:48:04 GMT 2022
काठमाडौँ — भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण सकिएलगत्तै उडान गर्न कुवेतको जजिरा एयरवेजले नेपाल सरकारमार्फत नागरिक उड्डयन प्राधिकरणसमक्ष प्रस्ताव गरेको छ । वैशाख १ मा नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडानको तयारी छ । विदेशी वायुसेवाले पहिलो पटक उक्त विमानस्थलमा व्यावसायिक उडान थाल्ने प्रस्ताव गरेको हो ।
‘जजिराले कुवेत–भैरहवा–कुवेत दैनिक उडानको प्रस्ताव गरेको छ, भैरहवा विमानस्थलमा उडान गर्न जजिराबाहेक अन्य विदेशी वायुसेवाबाट प्रस्ताव आएको छैन,’ प्राधिकरण प्रवक्ता देवचन्द्रलाल कर्णले कान्तिपुरसँग भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)