मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

नेपाल संवत् हाम्रो मौलिक राष्ट्रिय संवत् हो : राष्ट्रपति

annapurnapost.com · Wed Oct 26 01:25:00 GMT 2022

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् हाम्रो मौलिक राष्ट्रिय संवत् भएको बताएकी छन् । बुधबार नेपाल संवत् ११४३ प्रारम्भ भएको सुखद् अवसरमा शुभकामना दिँदै उनले नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने मौलिक राष्ट्रिय संवत् भएको बताएकी हुन्। ‘राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने हाम्रो मौलिक राष्ट्रिय संवत् हो । यस संवत्‌को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ ।’

राष्ट्रपतिबाट जारी सन्देशमा भनिएको छ, ‘यस दिनलाई नेपाल संवत्‌को नयाँ वर्षको रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखा लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानहरूमा भव्यताका साथ मनाउने गरिन्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)