संविधान दिवसलाई तमलाेपाले किन लिँदैछ 'ब्ल्याक डे'काे रुपमा ?
ekagaj.com · Sun Sep 17 17:06:20 GMT 2023
जनकपुरधाम । सरकारले तीन दिनसम्म संविधान दिवस मनाउने निर्णय गरेकाे अवस्थामा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलाेपा) ले भने कालाे दिवस मनाउने भएकाे छ । आइतबार तमलाेपाकाे बसेकाे केन्द्रीय कमिटीकाे बैठकबाट संविधान विभेदकारी रहेकाले संविधान दिवस मनाउने दिन असाेज ३ कालाे दिवस मनाउने निर्णय भएकाे कार्यवाहक अध्यक्ष डा. विजयकुमार सिंहले जानकारी दिए।
उनका अनुसार तमलाेपाले बुधबार बिहान कालो झण्डा र बेलुकी जनक चौकमा सार्वजनिक रूपमा विरोध कार्यक्रम गरी "असोज ३ गतेलाई कालो दिन "मनाउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)