प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त
nepalnews.com · Thu Jun 11 01:45:28 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहेकोमा समकक्षी नरेन्द्र मोदीलाई बधाई ज्ञापन तथा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले आज साँझ सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीको उक्त ऐतिहासिक उपलब्धिप्रति शुभकामनासमेत व्यक्त गरेका छन् ।
उनले भनेका छन्, “तपाईँको सु-स्वास्थ्य एवं निरन्तर प्रगतिको कामनासहित भारतीय जनताको समृद्धिको शुभकामना व्यक्त गर्दछु ।”
प्रधानमन्त्री शाहले दुई देशबीच रही आएको सम्बन्धको उच्च सम्मान गर्दै यसलाई थप सुदृढ गर्न आफू इच्छुक रहेको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
बालेन शाह