सीमामा कडाइ गर्न किम जोङ उनकाे निर्देशन
ratopati.com · Mon May 18 06:19:01 GMT 2026

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँग जोडिएको सीमा क्षेत्रलाई थप सुदृढ बनाउँदै ‘अभेद्य किल्ला’ मा रूपान्तरण गर्न सेना नेतृत्वलाई निर्देशन दिएका छन् । युक्रेन युद्ध र मध्यपूर्वमा देखिएका आधुनिक युद्ध रणनीतिबाट प्रभावित उत्तर कोरियाले अब सीमाक्षेत्रको सुरक्षा संरचनालाई नयाँ ढङ्गले पुनर्गठन गर्ने सङ्केत दिएको विश्लेषकहरूले बताएका छन् ।
आइतबार आयोजित उच्चस्तरीय सैन्य बैठकमा किमले अग्रपङ्क्तिका सैनिक एकाइहरूलाई बलियो बनाउने तथा युद्ध रोकथामका लागि सैन्य तयारीमा ‘ठूलो परिवर्तन’ आवश्यक रहेको बताए । सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले सार्वजनिक गरेका तस्बिरहरूमा किम पूर्ण सैनिक पोशाकमा उच्च सैन्य अधिकारीहरूको बैठकको अध्यक्षता गरिरहेको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)