कोभिड उपचारमा सहयोग जारी
ekantipur.com · Tue May 18 01:05:08 GMT 2021
काठमाडौँ — कोभिड–१९ बाट संक्रमितहरूको उपचारमा सघाउन निजी क्षेत्रका विभिन्न संघसंस्थाले सहयोग जारी राखेका छन् । आइसोलेसन केन्द्र स्थापनादेखि अस्पतालहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराएर सहयोग आउने क्रम जारी रहेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघले क्षेत्रपाटीस्थित पुरानो गोर्खा अस्पतालको भवनमा स्थापना गरेको कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र सञ्चालन गरेको छ । महासंघ अध्यक्ष शेखर गोल्छा, पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह र काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) ले सोमबार आइसोलेसनको उद्घाटन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)