मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेदरल्यान्डसँगको एकदिवसीय क्रिकेट शृङ्खलामा पाकिस्तानको जित

Ujyaaloonline.com · Fri Aug 19 00:42:28 GMT 2022

काठमाण्डाै - घरेलु टोली नेदरल्यान्डसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला पाकिस्तानले एक खेल अगाडि नै जितेको छ । गएराति भएको दोस्रो एकदिवसीयमा नेदरल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तानले शृङ्खला २–० ले जितेको हो ।

घरेलु टोलीले दिएको १ सय ८७ रनको लक्ष्य पाकिस्तानले ३३ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । उसका मोहम्मद रिजवान, बाबर अजाम र आगा सलमानले अर्धशतकीय पारी खेले । रिजवानले अविजित ६९ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)