हेमोफिलिया सोसाइटी गण्डकीमा श्रीकृष्ण
hamrakura.com · Sat Dec 10 00:00:00 GMT 2022
पोखरा । हेमोफिलिया सोसाइटी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा श्रीकृष्ण पौडेल निर्वाचित भएका छन् । सोसाइटीको शनिबार सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले पौडेललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । पौडेल यसअघिको कार्यकालकालमा सचिवको भूमिका निर्वाह गरेका थिए ।
संस्थाको उपाध्यक्षमा कास्कीका गायत्री क्षेत्री, सचिवमा स्याङ्जाका प्रकाश पौडेल, कोषाध्यक्षमा लमजुङका विनिता जमरकट्टेल, सहसचिवमा कास्कीका सुजन सुनार छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)