बैतडीमा जीप दुर्घटना : मृत्यु भएका ६ जनाको पहिचान खुल्यो
annapurnapost.com · Wed Apr 12 00:21:00 GMT 2023
बैतडी : जीप दुर्घटना हुँदा बझाङका ६जनाको घटनास्थलमै मृत्यु भएको छ। भारतसँग सिमाना जोडिएको बैतडीको झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जीप जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका-८ को झौलेक मोडमा मंगलबार राति ११ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा बझाङको केदारस्यूँ गाउँपालिका- ५ को बाँझका ६० वर्षीय मने बोहरा, ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन्। मृत्यु भएकाहरु सबै एकै गाउँका रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)