पूर्वी पहाडको असला समुद्रपारि
ekantipur.com · Sun Mar 26 01:00:40 GMT 2023
संखुवासभा — संखुवासभामा मूलतः दुई चीजले विशेष मोल राख्छन्, रुद्राक्ष र असला माछा । जसरी देशविदेशमा रुद्राक्ष बिक्छ, त्यसरी नै ‘कोसेली’ बनेर सात समुद्रपारि भान्सामा पाक्छ असला ।
खाँदबारीका विजयकिसान दाहाल आफन्तलाई कोसेलीमा सधैं असला नै पठाउँछन् । असला सभा, अरुण, संखुवा र लङ्खुवा जस्ता हिमनदीका उत्पादन हुन् । माछाका परिकार मन पराउनेले असला निकै मीठो मान्छन् । माछाको यो प्रजाति पोखरीमा पाल्न मिल्दैन । हिमालबाट आउने खोलामा हुने भएकाले माथिल्लो भेगमा मात्रै पाइन्छ । ‘आफन्तलाई कोसेली पठाइदिने भनेको यही असला नै हो,’ दाहाल सुनाउँछन्, ‘सुकुटी पारेर पेरुङ्गोमा राखेको असला अरू माछाभन्दा बिल्कुल भिन्न हुन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)