धरानको हात्तीसारमा पाटे बाघको बच्चा भेटियो
annapurnapost.com · Tue Nov 11 16:09:12 GMT 2025

सुनसरी : सुनसरीको धरान उपमहानगरपालिका–१४ बिजयपुरस्थित हात्तीसारमा पाटे बाघको बच्चा भेटिएको छ। मंगलबार बेलुका स्थानीय युवाहरूले उक्त क्षेत्रमा असामान्य रूपमा हिँडडुल गरिरहेको बाघको बच्चा देखेपछि नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन्।
धरान–१६ का १८ वर्षीय युसन राई, सिमन राई तथा धरान–१३ का १७ वर्षीय अमन लिम्बुले उक्त बाघको बच्चा सुरक्षित रूपमा नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा बुझाएका छन्। युवाहरूले नियन्त्रणमा लिएको बच्चा सुरुवाती रूपमा बिरालो जस्तो ठाने पनि आकार र चालढाल हेर्दा पाटे बाघको बच्चा हुन सक्ने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)