९१ वर्षीय मिडिया टाइकुन मर्डोक पारपाचुके गर्दै
baahrakhari.com · Thu Jun 23 17:34:00 GMT 2022
लन्डन । मिडिया टाइकुन रुपर्ट मर्डोक र अभिनेत्री जेर्री हलले सम्बन्ध विच्छेद गर्न लागेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । ९१ वर्षीय मर्डोकको जीवनमा पत्नीसँगको यो चौथो पारपाचुके हो । ६५ वर्षिया हल यसअघि लामो समय सम्म चर्चित सांगीतिक समूह रोलिंग स्टोन्सका फ्रन्टम्यान मिक ज्यागरकी पार्टनर थिइन् ।
सन् २०१६ मा बेलायतको राजधानी लन्डनको मध्य भागमा रहेको एउटा चर्चमा विवाह बन्धनमा बाँधिएका मर्डोक र हलका प्रतिनिधिहरूले पारपाचुकेका सम्बन्धमा कुनै टिप्पणी गरिसकेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)