कर्णालीमा जीवनोपयोगी शिक्षा कार्यक्रम लागू
barnanmedia.com · Mon May 05 22:08:50 GMT 2025

काठमाडौँ, २३ वैशाखः कर्णाली प्रदेश सरकारले ‘पाइलट प्रोजेक्ट (परियोजना)’का रूपमा सुरु गरेको जीवनोपयोगी शिक्षा कार्यक्रम प्रभावकारी भएको छ । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘एक दिन किताबविहीन शिक्षा’ विद्यार्थीलाई दिने योजना ल्याएको थियो । सोही योजनाअनुसार सुर्खेतका नौ वटा विद्यालयमा जीवनोपयोगी शिक्षा कार्यक्रम लागू गरिएको हो ।
विद्यालयमा साताको एक दिन विभिन्न सीपयुक्त ज्ञान विद्यार्थीलाई दिने गरिएको छ । जसबाट विद्यार्थीमा व्यावहारिक ज्ञानको विकास भएको कर्णाली प्रदेश सरकारले जनाएको छ । परीक्षणका रूपमा सुर्खेतको वीरेन्द्रनगरका अमरज्योति मावि, जन मावि, भैरव मावि र जनसेवा मावि घुस्रामा एक दिन किताबविहीन शिक्षाको सुरुआत गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)