घाघडान नेताहरूबीच ‘मीठो’ घोचपेच
janaaastha.com · Tue Oct 04 15:45:24 GMT 2022
‘हामीले यहाँहरूको पाइन जाँच्नमात्रै खोजेको । सतप्रतिशत महिला उम्मेदवार बनाउनुस् कि ५० प्रतिशत बनाउनुस्, त्यो यहाँहरूको कुरा भयो । ३३ प्रतिशत बनाउनुभयो वा एउटै पनि बनाउनु भएन भने पनि हाम्रो केही लाग्दैन, चुनावचाहिँ गराएरै छाड्छौँ ।’
आचारसंहितामा दस्तखत गर्न निर्वाचन आयोग पुगेका राजनीतिक दलका शीर्ष नेताहरूले महिला उम्मेदवारको अनिवार्यताबारे प्रश्न उठाएपछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबार यस्तो जवाफ दिएका हुन् । ‘३३ प्रतिशत महिलाको उम्मेदवारी अनिवार्य भनेजस्तो लाग्छ, कुरा के हो ?’ भनी प्रश्न उठाउनुभएको थियो, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले । त्यसदिन निर्वाचन आयोगले शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपालसँगै केपी ओलीको पनि भेट हुने गरी कार्यक्रम तय गरेको थियो । तर, ओली पूर्वको कार्यक्रममा जानुभएपछि सुवास नेम्वाङलाई पठाउनुभयो । प्रधानमन्त्रीसहित बाँकी नेताचाहिँ आ–आफू नै पुग्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)