‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना : छ जना घाइते
nepalnews.com · Thu Jun 11 01:53:12 GMT 2026

नवलपरासी। नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर सडकखण्डमा क्रेन दुर्घटना हुँदा छ जना घाइते भएका छन्।
गए राति ढोडेनीबाट गैँडाकोटतर्फ आउँदै गरेको लु१क ४४३७ नम्बरको क्रेन ओरालो सडकमा ब्रेक फेल भई सडकको बायाँ किनाराको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)