निर्वाचन सुधारको मार्गचित्र
gorkhapatraonline.com · Thu Jun 11 01:50:42 GMT 2026

कुनै पनि निर्वाचनको मिति तोकिएपश्चात् त्यसको अन्तिम परिणाम घोषणा र निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस नगरुन्जेलसम्म निर्वाचन आयोग सर्वाधिक व्यस्त हुने गर्छ । निर्वाचन अवधिमा सरोकारवाला सम्पूर्ण पक्षको ध्यान आयोगका गतिविधिमै हुने गर्छ । बाहिरबाट सामान्य रूपमा हेर्दा निर्वाचन अवधिमा मात्र निर्वाचन आयोगको कार्यचाप बढी हुने जस्तो देखिए पनि आयोगले एउटा निर्वाचन सम्पन्न गर्न लामो समयदेखि तयारीका विभिन्न कार्य निरन्तर रूपमा गरिरहेको हुन्छ ।
एउटा निर्वाचनपछि अर्को आवधिक निर्वाचनका लागि पाँच वर्षको अवधि हुन्छ । राजनीतिक परिस्थिति जुनसुकै बेला बदलिन सक्ने र त्यसबाट निर्वाचन गर्नुपर्ने अवास्था आइलाग्यो भने आयोगसँग ‘मैले केही तयारी गरेको छैन, निर्वाचन गर्न सकिँदैन’ भन्ने सुविधा हुँदैन । घोषित भएका निर्वाचन आयोगका कारण धकेलिएको वा हुन नसकेको उदाहरण आयोगसँग छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)