सर्लाहीको जनस्वास्थ्य क्षेत्रमा क्रियाशील महतो कांग्रेस प्रवेश
nepallive.com · Mon Feb 15 18:07:00 UTC 2021
सर्लाही- विगत २० वर्ष देखि जनस्वास्थ्य क्षेत्रमा सामाजिक सेवा गर्दै आएका राजकुमार महतो नेपाली कांग्रेस प्रवेश गरेका छन्। सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकाको बबरगंजमा नेपाली कांग्रेस गाउँ कार्यसमिति र क्षेत्र १ ले फागुन २ गते आयोजना गरेको सभामा महतो काग्रेस प्रवेश गरेका हुन्।
नेपाली कांग्रेसका उप सभापति तथा पूर्व उपप्रधान मन्त्री र पूर्व गृहमन्त्री विमलेन्द्र निधिले महतोसहितलाई नेपाली कांग्रेसका सदस्यता दिई पार्टी प्रवेश गराए। सकारात्मक दिगो परिवर्तनको लागि राजनीतिक सेवामा प्रवेश गरी समाजसेवामा थप योगदान गर्न सक्ने देखेकाले आफू कांग्रेस प्रवेश गरेको महतोको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)