किसानले उत्पादन गरेको फापर गाउँपालिकाले किन्यो
ratopati.com · Mon May 05 23:01:00 GMT 2025

दमौली । आँबुखैरेनी गाउँपालिकाले नौ जना कृषकले उत्पादन गरेको छ सय ५० किलो फापर हाटबजारमार्फत खरिद गरी बिक्री गर्न थालेको छ । मिलन गुरुङ, सेती गुरुङ, चित्र गुरुङ, फूलमाया गुरुङ, सन्तोष गुरुङ, धनबहादुर गुरुङ, सुखमाया गुरुङ, सन्तोष गुरुङ र प्रकाश गुरुङद्वारा उत्पादित फापर पालिकाले खरिद गरेको हो ।
आँबुखैरेनी(६ प्युघरका सेतीले विगतका वर्षहरूमा प्रतिकिलो ६० रुपैयाँमा फापर बिक्री हुने गरेको बताउँदै अहिले पालिकाले प्रतिकिलो एक सय ५० का दरले खरिद गरेको जानकारी दिए । ‘यो वर्ष पालिकाले खरिद गरिदिएपछि विगतको तुलनामा करिब तीन गुणा बढी आम्दानी भएको छ’ उनले भने, ‘जति उत्पादन हुन्छ गाउँपालिकाले खरिद गरिदिन्छौँ भनेकाले हामीलाई हौसला मिलेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)