पखालामय काठमाडौँ !
ratopati.com
हाल दैनिक काठमाडौँमा दर्जनौँ मानिसहरू झाडापखालाबाट प्रभावित हुने क्रम जारी छ तर सबैमा हैजाको जीवाणु भने पुष्टि हुने गर्दैन । यो लेख लेख्दै गर्दा हैजा सङ्क्रमितको सङ्ख्या १७ पुगेको भनिएको छ । तर हैजा बाहेक बाँकी ठुलो सङ्ख्याका पखाला ग्रसित बिरामीमा के कारणले पखाला हुने क्रम जारी छ भन्नेमा भने लेखकलाई जिज्ञासा भइरहेको थियो । वास्तवमा, हैजा मात्र नभएर विभिन्न सङ्क्रमणहरू झाडापखालाका कारक हुनसक्ने अनुमान गर्न भने सकिन्छ किनभने हाल पिउने पानीमा दिसा मिसिएको र इकोलाई भेटिएको भनिएको छ । र दिसामार्फत अरू झाडापखाला गराउने सङ्क्रमणहरूले पनि पानी दूषित गरिरहेको सहजै अनुमान गर्न सकिन्छ अर्थात् काठमाडौँलाई पखालामय बनाउन हैजा मात्र दोषी नभएर अरू सङ्क्रमणहरू अथवा बहु-सङ्क्रमण कारक भएको हुन सक्दछ ।
केहि दिन अगाडी पानी परीक्षण गर्दा इकोलाई भेटिएको भनिएको छ । इकोलाई सङ्क्रमणले झाडापखाला पनि गराउँदछ ।"एसरेखीय कोलाई" लाई छोटकरीमा इकोलाई भन्ने गरिन्छ । इकोलाईले सामान्यतया स्वास्थ्यमा समस्या नल्याउने भएता पनि यसका केहि प्रजातिले भने स्वास्थ्यमा जटिलता निम्त्याउन सक्ने हुन्छ । "हेमोलाईटिक युरेमिक सिन्ड्रोम" यसको मुख्य जटिलताको रूपमा लिन सकिन्छ र यसको जोखिममा मुख्यतः बालबालिका तथा ज्येष्ठ नागरिक हुने गर्दछ । सङ्क्रमित भएको औसतमा ३-४ दिनमा लक्षणहरू देखिने गर्दछ । ज्वरो आउनु, रगत मिसिएको पखाला लाग्नु, पेटका मांसपेशीका बौडिनु, बान्ता हुनु जस्ता यसका मुख्य लक्षणहरू हुन् । यदि इकोलाईको कडा प्रजाति रहेछ भने ५ देखि १० प्रतिशतमा "हेमोलाईटिक युरेमिक सिन्ड्रोम" को समस्या देखिन सक्दछ । लक्षण देखिएको एक हप्ता अर्थात् पखाला कम हुँदै गएको अवस्थामा यस्तो सिन्ड्रोम देखिन सक्दछ ।यो सिन्ड्रोम देखिए पछि ५ प्रतिशतसम्मको मृत्यु समेत हुन सक्दछ । यो सङ्क्रमणबाट बच्न खानेकुरा, पानी, दूध राम्ररी पकाएर/उमालेर खाने र त्यस्तै काँचै खाने फलफूल वा तरकारी (गोलभेँडा, काँक्रा, साग) आधी लाई सफा र सुरक्षित पानीले पखालेर मात्र खानु पर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)