मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुर्गा प्रसाईंको आन्दोलनविरुद्ध मुख्य दल एकै ठाउँमा

rajdhanidaily.com · Wed Nov 22 23:22:42 GMT 2023

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बिहीबार काठमाडौंमा प्रदर्शन गर्दै छन् । प्रसाईंको प्रदर्शनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकटको राष्ट्रिय युवासंघ नेपालले समेत प्रदर्शन गर्दै छ । प्रसाईंले अहिलेको व्यवस्था असफल भइसकेकाले राजतन्त्रको स्थापनाका लागि भन्दै प्रदर्शन गर्दै छन् । उता, युवासंघले गणतान्त्रिक व्यवस्थाको रक्षाका लागि भन्दै प्रदर्शन गर्दै छ ।

प्रसाईंको माग र आन्दोलनबाट तर्सिएका प्रमुख दलका शीर्ष नेता अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र नभएको निष्कर्षमा पुगेका छन् । उनीहरू जसरी पनि प्रसाईंको आन्दोलन नियन्त्रण गर्ने पक्षमा देखिएका छन् । तर, प्रसाईं भने आन्दोलनकै भरमा राजतन्त्र स्थापना गर्ने रणनीतिसहित सडक संघर्षमा उत्रेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)