मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल : नवप्रवेशी लखनऊद्वारा चेन्नई पराजित 

nepallive.com · Fri Apr 01 00:20:00 GMT 2022

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा लखनऊ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्समाथि सानदार जित हात पारेको छ। डेब्यू प्रतियोगिता खेलिरहेको लखनऊले चार पटकको च्याम्पियन चेन्नईलाई ६ विकेटले हराउँदै पहिलो जित हात पारेको हो।

२ सय ११ रनको विशाल लक्ष्य लखनऊले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। लखनऊको जितमा एविन लेविसले २३ बलमा अविजित ५५ रन बनाए भने आयुष बदोनीले ९ बलमा १९ रन जोडे। ओपनर क्विन्टन डि ककले ४५ बलमा ६१ रन बनाउँदा लोकेश राहुलले २६ बलमा ४० रन बनाए।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)