प्रचचण्डसँग ओलीको हातेमालो सम्भावित सहकार्य कि कांग्रेसलाई देखाउन ?
barnanmedia.com · Mon May 05 23:29:09 GMT 2025

कांग्रेस महामन्त्री गगनकुमार थापासहितका नेताहरूले लगातार सरकारको आलोचना गरिरहेक बेला सोमबार प्रतिनिधिसभामा रोचक दृष्य देखा पर्यो। कांग्रेसको काँध थाप्न माओवादी तम्तयार रहेको र कांग्रेस सभापति शेरबहादुर देउवाले चाहेमा जुनसुकै बेला सरकार ढल्ने आकलन राजनीतिक बजारमा हुँदै आएको थियो। हुन् पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकार ढल्ने भन्दै भाषण गर्दै हिँडेका थिए।
तर,सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच हातेमालो देखियो। प्रचण्डले सोमबार विपक्षी नेताको हैसियतामा संसदमा संवोधन गरेका थिए। बैठकमा ओली पनि थिए। अघिल्लो पटक ओली प्रधानमन्त्रीको हैसियतमा प्रश्नोत्तरमा सहभागी हुँदा प्रचण्ड तराईमा थिए भने पछि प्रचण्डले विपक्षी नेताको हैसियतमा संवोधन गर्दा ओली तराई पुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)