झापामा लागु औषधसहित २ युवायुवती पक्राउ
ratopati.com · Sat Sep 30 22:49:00 GMT 2023
काठमाडौँ । झापामा प्रतिबन्धित लागु औषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार अपरान्ह ४ : ३० बजे जिल्लाको बिर्तामोड नगरपालिका ५ को त्रिवेणी होटल एण्ड लजबाट २ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बिर्तामोड ४ का २१ वर्षीय उत्तम दर्जी र इलामा सुर्योदय नगरपालिका २ घर बताउने २० वर्षीय सन्ध्या विश्वकर्मा रहेका छन् । उनीहरुको साथबाट प्रहरीले १ ग्राम, ९०० सय मिलिग्राम ब्राउन सुगर, ३ थान मोबाइल र ५ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)