रुसी सेनामा कार्यरत नेपालीका परिवारजनले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र, रुसमा रहेका नेपालीको उद्धार गरिदिन माग
nayapatrikadaily.com · Sat Apr 06 00:04:00 UTC 2024

रुसी सेनामा कार्यरत नेपालीका परिवारजनले हालसम्म ३९ जनाको मृत्यु भएको र थप १८ जनाको मृत्यु पुष्टि हुन बाँकी रहेको दाबी गरेका छन् । रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट शुक्रबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाइएको ज्ञापनपत्रमा रुसमा रहेकाहरूको जीवनरक्षा तथा उद्धार गर्न माग गरिएको छ ।
‘नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट हालसम्म हामीले ६ सय २० जनाको विवरण संकलन गरेका छौँ । जसमध्ये ३९ जना मृतक, १८ जना मृत्यु भएको भनिएका, तर पुष्टि हुन बाँकी, पाँचजना युुक्रेनको कब्जामा, एक सय १७ जना घाइते, दुई सय ७२ जना सम्पर्कविहीन छन्,’ अभियानकी संयोजक एकीकृत समाजवादीकी नेतृ कृतु भण्डारीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)