बर्सिम घाँसखेतीबाट मनग्य आम्दानी
ajakoartha.com · Tue May 06 00:02:00 GMT 2025

दाङ- घोराही उपमहानगरपालिका–६ का मिकसर चौधरीले २२ कट्ठा जमिनमा बर्सिम घाँसखेती गरेका छन् । उनलेले दुई वटा दुहुना भैँसी र आठ वटा भेँडा पालेका छन् ।
कात्तिकदेखि वैशाखसम्म हरियो घाँस काटेर भैँसी र भेँडालाई खुवाउने र बीउ बिक्री पनि गरिरहेको उनले बताए । गत वर्ष रु दुई लाखको घाँसको बीउ बिक्री गरेको चौधरीले जानकारी दिए । यस वर्ष पनि प्रशस्त दाना लागेको भन्दै गत वर्षभन्दा बढी आम्दानी हुने उनले विश्वास व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)