महिला राष्ट्रिय कबड्डी प्रतियोगिता : नेपाल प्रहरी र सशस्त्र प्रहरी आमनेसामने
ratopati.com · Tue May 12 03:03:41 GMT 2026

सुनसरी । इनरुवामा जारी प्रथम कोशीटप्पु खुल्ला महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा आज उपाधिका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबिच भीडन्त हुने भएको छ ।
पहिलो सेमिफाइनलमा नेपाल प्रहरीले त्रिभुवन आर्मीलाई र सशस्त्र प्रहरी वलले कोशी प्रदेशलाई पराजित गर्दै फाइलनमा प्रवेश गरेका हुन् । इनरुवा–२ स्थित शिक्षा कार्यालयको खेल मैदानमा खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उपाधि विजेताले रु एक लाख र ट्रफी, दोस्रो हुनेले रु ५० हजारसहित ट्रफी र तेस्रो हुने दुई टोलीलाई रु २५÷२५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)